Logo

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले चैत १७ गते विहान १० बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडांैमा सभा सम्पन्न गरेको हो ।

laxmi

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९,६६२ रूपैयाँको ८.५३४ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम एक करोड ३५ लाख २२ हजार २१३.४० रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७८/७९ को वित्तीय विवरण पारित गरी १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साथै, सोही साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएको व्यहोरा जानकारी गराईन्छ ।
१. उज्जवल सत्याल – संस्थापक समूह
२. सुशिल काजी बानियाँ – संस्थापक समूह
३. गंगा सागर ढकाल – सर्वसाधारण समूह
४. लिसा शेरचन – सर्वसाधारण समूह
५. सुजन सिद्धि बज्राचार्य – संस्थापक समूह
६. नरेश ढुंङगाना – सर्वसाधारण समूह

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL