Logo

मञ्जुश्री फाइनान्सका लगानीकर्ताले २३.५० प्रतिशत लाभांस पाउने, १३ औंं बार्षिक साधारण सभाले गर्याे प्रस्ताव पारित

मञ्जुश्री फाइनान्सका लगानीकर्ताले २३.५० प्रतिशत लाभांस पाउने, १३ औंं बार्षिक साधारण सभाले गर्याे प्रस्ताव पारित



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २३ दशमलव ५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीको गत २९ गते सम्पन्न १३ औंं वार्षिक साधारण सभाले १८ प्रतिशत बोनस सेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांस गरी २३ दशमलव ५० प्रतिशत लाभांस दिने निर्णय गरेको हो । बोनस सेयर वाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

laxmi

तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका सेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभा पश्चात सम्पन्न सञ्चालक समिति बैठकले इन्दिरा पन्डित घिमिरे लाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL