Logo

मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा, शाखा संख्या २५ पुग्यो

मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा, शाखा संख्या २५ पुग्यो



काठमाडौँ । मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ ।

laxmi

मञ्जुश्री फाइनान्सको संस्थापक अध्यक्ष दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र का.म.न.पा वडा नं १४ का वडा अध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

२०७८ साल पुस मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाइनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL