Logo

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ लाई ग्लोबल आइएमई बैंकको १० लाख सहयोग

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ लाई ग्लोबल आइएमई बैंकको १० लाख सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।

बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

माननीय मुख्यमन्त्री राईले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिएका छन् ।

बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL