Logo

सेञ्चुरी बैंकका लगानीकर्तालाई राहत, सेयरधनीलाई दियो ३ प्रतिशत अन्तरिम लाभांश

सेञ्चुरी बैंकका लगानीकर्तालाई राहत, सेयरधनीलाई दियो ३ प्रतिशत अन्तरिम लाभांश



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांश वितरण गर्ने भएको छ । बैंकले आफ्ना लगानीकर्तालाई तत्कालका लागि अन्तरिम लाभांश वितरण गर्ने भएको हो ।

laxmi

बैंकले कोरोनाका कारण गत आथिक वर्षको साधारणसभा स्थगित भएपछि सेयरधनीलाई अन्तरिम रुपमा नै ३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

बैंकले जारी गरेको सुचना अनुसार उक्त लाभांश २०७६ फागुन ३० गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् । बैंकले आफ्नो चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने कर रकम समेत गरी कुल २५ करोड २४ लाख ६४ हजार रुपैयाँबाट लाभांश वितरण गर्न लागेको हो ।

साथै यस अघि सञ्चालक समितिबाट प्रस्तावित मध्येको बोनस सेयर र बाँकी १ दशमलव ७५ प्रतिशत नगद लाभांश भने साधारण सभाबाट लाभांश अनुमोदन भएपश्चात मात्र वितरण गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL