Logo

राजाको फोटो अंकित नोट प्रतिबन्ध लगाउन राष्ट्र बैंकको निर्देशन, बैंकले दिने नोटमा अनिवार्य डिसईन्फेक्सन

राजाको फोटो अंकित नोट प्रतिबन्ध लगाउन राष्ट्र बैंकको निर्देशन, बैंकले दिने नोटमा अनिवार्य डिसईन्फेक्सन



काठमाडौं । अबदेखि पूर्वराजाको तस्बिर अंकित नोट प्रयोगमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै यस्ता नोेटहरु प्रयोगका लागि नपठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकको सफा नोट नीतिअनुसार अबदेखि झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कोरिएको वा च्यातिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशन गर्न मिल्दैन । त्यस्तो नोट पुनः निष्काशनका लागि अयोग्य ठहर गर्नुपर्नेछ । र, त्यस्ता नोटलाई चलनचल्तीमा पठाउन मिल्दैन ।

सोही अनुसार बैंकहरुले पूर्वराजाको तस्विर अंकित नोटहरुलाई पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्ने बैंकको परिपत्रमा उल्लेख छ । बैंकका अनुसार यस्ता नोटहरुलाई चलनचल्तीका लागि बजारमा समेत पठाउन रोक लगाईएको छ ।

यस्तै परिपत्रमा बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोष वा केन्द्रीय बैंकको पहुँचमा नभएका वित्तीय संस्थाले अन्य बैंकको नोटकोषमा जम्मा गर्नुपर्नेछ र जम्मा भएको अयोग्य नोटलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने उल्लेख छ । साथै राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले काउन्टर, एटीएमलगायत मेसिनबाट प्राप्त चलनचल्तीमा पठाउन काउन्टरबाट भुक्तानी गरी दिने नोटलाई तीन भागमा छुट्याउनु पर्नेछ ।

अब देखि बैंकहरुले चलनचल्तिका लागि पठाउने नोटलाई डिसइन्फेक्सन अनिवार्य रुपमा गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । नोट राख्ने दराज तथा भल्ट पनि सफा राख्न, प्रकाश र हावा छिर्ने ठाउँ बनाउन निर्देशन राष्ट्र बैंकको छ ।

राजाको फोटो अंकित नोट प्रतिबन्ध लगाउन राष्ट्र बैंकको निर्देशन, बैंकले दिने नोटमा अनिवार्य डिसईन्फेक्सन
राजाको फोटो अंकित नोट प्रतिबन्ध लगाउन राष्ट्र बैंकको निर्देशन, बैंकले दिने नोटमा अनिवार्य डिसईन्फेक्सन

प्रतिक्रिया दिनुहोस्
MBL