Logo

सिआरआर घटाउँदै राष्ट्र बैंकले जारी गर्यो १९ बुँदे सर्कुलर, बैंकको किस्ता र ब्याज असार मसान्तमा तिर्दा हुने (सर्कुलर सहित)

सिआरआर घटाउँदै राष्ट्र बैंकले जारी गर्यो १९ बुँदे सर्कुलर, बैंकको किस्ता र ब्याज असार मसान्तमा तिर्दा हुने (सर्कुलर सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको किस्ता र ब्याज तिर्ने समय असार मसान्तमा सारेको छ । विश्वभर फैलिएको कोरोना भाइसको कारण उद्योग व्यवसायमा असर परेको भन्दै अर्थतन्त्र उकास्का लागि राहत प्याकेज सार्वजनिक गर्दै बैंकका ऋणीहरुले चैत मसान्तमा तिर्नुपर्ने बैंकको किस्तार र ब्याज तिर्ने समय असार मसान्तलाई सारेको हो ।

laxmi

‘चैत मसान्तभित्र असूल गर्नुपर्ने मासिक र त्रैमासिक किस्ताहरुको (क्रेडिट कार्ड समेत) भुक्तानी २०७७ असार सान्तसम्ममा हुने व्यवस्था मिलाउनुपर्ने छ,’ राष्ट्र बैंकद्धारा जारी निर्देशनमा भनिएको छ, ‘सो किस्ताको हकमा कुनैपनि किसिमको थप शुल्क वा हर्जना लिन नपाइने छैन भने किस्ता असूल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गिकरण पर्नेछैन ।’

यसैगरी राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त २०७६ पुस वा चैत मसान्तसम्मका लागि व्याज पुँजीकरण गरिएका ऋणीहरुको हकमा ०७७ असार मसान्तसम्मका लागि ब्याज पुँजीकरण गर्न सकिने भएको छ भने चैत मसान्तसम्ममा नवीकरण नभएको कर्जालाई शुक्ष्मी निगरानीमा राख्न नपाइने व्यवस्था गरिएको छ ।

साथै राष्ट्र बैंकको सर्कुलर अनुसार चैत मसान्तसम्ममा भुक्तानी अवधि तोकिएको सबै प्रकारका चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने छ ।
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) समेत घटाएको छ । जस अनुसार क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कुल निक्षेप दायित्वको ३ प्रतिशत कायम गरिएको छ ।

यसैगरी ब्याजदर करिडोर सिमामा पनि परिमार्जन गरिएको छ । जस अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा ५ प्रतिशत, नीतिगत रुपमा रिपो दरलाई ३.५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलन दरलाई २ प्रतिशत कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL