Logo

एक्सेल डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा सुषमा शर्मा नियुक्त, बैंकिङ क्षेत्रमा १३ बर्षे अनुभव

एक्सेल डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा सुषमा शर्मा नियुक्त, बैंकिङ क्षेत्रमा १३ बर्षे अनुभव



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा सुषमा शर्मा नियुक्त भएकी छिन् । बैंक संचालक समितिको सोमबार बसेको बैंठकले शर्मालाई ४ बर्षका लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

laxmi

बैंकिङ क्षेत्रमा १३ बर्ष लामो अनुभव भएको शर्मा नेपाल उमन चेम्बरको वरिष्ठ उपाध्यक्ष हुन् । उनीसँग एनएमबी बैंक लगायतका वित्तीय संस्थामा रिटेल बैंकिङ प्रमुख, मार्केटिङ तथा ब्राण्डिङ प्रमुखलगायतका पदमा बसेर काम गरेको अनुभव छ ।

उनले त्रिभुवन विश्व विद्यालयबाट ग्रामिण विकासमा स्नातकोत्तर र एस इन्टिच्यूट अफ म्यानेजमेन्टबाट इएमविए गरेका छन् ।

शर्मा हिमालयन ट्रयाक्युलिटीका संचालकका साथै फिनलिटका को–फाउण्डर समेत हुन् । साथै उनी काठमाडौं रोटरी क्लवका पूर्व अध्यक्ष समेत हुन्

प्रतिक्रिया दिनुहोस्
MBL