Logo

टेलिकमको संचालकमा अम्बिकाप्रसाद पौडेल निर्वाचित, भन्छन्– उत्कृष्ट सेवाप्रदायक र बढी लाभांश दिने कम्पनी बनाउनेछु

टेलिकमको संचालकमा अम्बिकाप्रसाद पौडेल निर्वाचित, भन्छन्– उत्कृष्ट सेवाप्रदायक र बढी लाभांश दिने कम्पनी बनाउनेछु



काठमाडौं । नेपाल टेलिकमको संचालकमा अम्बिकाप्रसाद पौडेल निर्बिरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीतर्फको संचालक पदमा अन्तिम समयसम्ममा पौडेलेको मात्रै उम्मेदवारी परेपछि उनी निर्बिरोध निर्वाचित भएका हुन् ।

laxmi

कुल सेयरमध्ये ८.४८ प्रतिशत सर्वसाधारणको लगानी रहेको टेलिकममा सर्वसाधारण सेयरधनीकोतर्फबाट १ जना संचालक चुनिँदै आएका छन् । सो पदमा पौडेलको मात्रै उम्मेदवारी परेपछि उनी निर्बिरोध निर्वाचित भएका हुन् ।

संचालकमा निर्बिरोध निर्वाचित भएसँगै पौडेलले नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमा समेत अब्बल बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । ‘टेलिकमको व्यावस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालकबीच समन्वय कायम गर्दै मेरो लगानी सम्बन्धि ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग टेलिकमलाई उत्कृष्ट कम्पनी बनाउने लागिपर्ने छु,’ पौडेलले भने, ‘ सरकारलाई सबै भन्दा बढी राजस्व बुझाउने टेलिकमलाई कर्मचारीहरुलाई सबै भन्दा बढी वोनस दिने, लगानीकर्ताहरुलाई सबै भन्दा बढि प्रतिफल दिने र पूँजीबजारको सबै भन्दा उत्कृष्ट सुचिकृत कम्पनी बनाउन सरोकारवाला निकायसँग समन्वय गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्
MBL