Logo

सबै बैंक वित्तीय संस्थामा चाटर्ड एकाउण्टेन्ट राख्न गभर्नरको निर्देशन, १ दर्जन नयाँ नियुक्ती गरिँदै

सबै बैंक वित्तीय संस्थामा चाटर्ड एकाउण्टेन्ट राख्न गभर्नरको निर्देशन, १ दर्जन नयाँ नियुक्ती गरिँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अनिवार्य रुपमा चार्टर्ड एकाउन्टेन्ट राख्न पर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै उक्त कुरा बताएका हुन् । ‘ बैंक तथा वित्तीय संस्थाहरुलाई पारदर्शी बनाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको नियुक्ती आवश्यक छ,’ उनले भने, ‘तसर्थ अबका दिनमा सबै बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य रुपमा ार्टर्ड एकाउन्टेन्ट राख्नुस ।’

कार्यक्रममा बोल्दै उनले चार्टर्ड एकाउन्टेन्ट नराख्ने बैंक तथा वित्तीय संस्थाहरु पारदर्शी नहुने समेत उनको आरोप थियो । संस्थागत रुपमा हरहिसाव पादरर्शी र संस्थालाई सहज रुपमा अघि बढाउनका लागि पनि चाटर्ड एकाउण्टेन्ट आवश्यक भएको उनको तर्क थियो ।

यसैगरी आगामी दिनमा नेपाल राष्ट्र बैंकले पनि १ दर्जनभन्दा बढी चाटर्ड एकाउण्टेन्ट नियुक्त गर्न लागेको जानकारी दिए । ‘देश संघीयतामा गएसँगै राष्ट्र बैंकलाई पनि सोही अनुरुप विस्तार गर्नु जरुरी छ,’ उनले भने, ‘तसर्थ हामीले तत्काल १ दर्जनभन्दा बढी चाटर्ड एकाउण्टेन्ट नियुक्त गर्दैछौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL