Logo

राष्ट्र बैंकले लगायो बाणिज्य बैंकका ‘सेकेन्ड म्यान’ लाई पनि कुलिङ पिरियड, यस्तो छ संचालकको प्रावधान

राष्ट्र बैंकले लगायो बाणिज्य बैंकका ‘सेकेन्ड म्यान’ लाई पनि कुलिङ पिरियड, यस्तो छ संचालकको प्रावधान



काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको दोस्रो वरियाताका कर्मचारी (सेकेन्ड म्यान) लाई पनि कुलिङ पिरियड लागू गरेको छ । राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै बाणिज्य बैंकमा कार्यरत सेकेन्ड म्यानलाई पनि सेवाबाट हटेपछि ६ महिनासम्म समान प्रकृतिको पदमा नियुक्त हुन नपाउने ब्यवस्था लागू गरेको हो ।

यसैगरी कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो ब्यक्ति पुन त्यही कार्यकालभित्र सोही संस्थाको सञ्चालक पदमा निर्वाचित वा मनोनितसमेत हुन नपाउने भएको छ।

साथै प्रमुख कार्यकारी अधिकृत जुनसुकै कारणबाट हटेमा त्यस्तो ब्यक्ति पुन त्यही कार्यकाल वा ६ महिनामध्ये जुन बढि हुन्छ त्यस अवधि ब्यतित नभइ अर्को संस्थामा सिईओ तथा सोही संस्थामा सञ्चालक लगायत कुनै पनि हैसियतमा काम गर्न नपाउने भएको छ ।

तर, समस्याग्रस्त घोषणा गरिएका संस्थाहरुको हकमा ती संस्था समस्याग्रस्तबाट हटेको २ बर्षसम्म यो ब्यवस्थामा छुट दिइएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL