Logo

ग्लोबल आईएमई र मेटलाइफबीच बैंकाइन्सुरेन्स, बैंकका ग्राहकलाई बीमा सेवा

ग्लोबल आईएमई र मेटलाइफबीच बैंकाइन्सुरेन्स, बैंकका ग्राहकलाई बीमा सेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्धेश्यले मेटलाईफ इन्सोरेन्स कम्पनीसंग बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौता गरेको छ ।

हालै सम्पन्न उक्त बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंक लिका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मेटलाईफ इन्सोरेन्स कम्पनीका उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंक लिका ग्राहकहरुले ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL