Logo

सानिमाको नाफा २८ करोड, ३३ प्रतिशतले बढ्यो नाफा

सानिमाको नाफा २८ करोड, ३३ प्रतिशतले बढ्यो नाफा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१२ माघ, काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वषको पुस मसान्तसम्ममा २७ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा कुल १९ करोड ४३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । बैंकको खुद व्याज आम्दानी बढेसँगै नाफामा पनि बृद्धि भएको हो । बैंकको चुक्ता पूँजी २ अर्व ५५ करोड रुपैयाँ रहेको छ ।

बैंकले खुद ब्याज आम्दानी ५३ करोड ७६ लाख रुपैयाँ रहेको छ । हाल बैंकले ३० अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २५ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराव कर्जा अनुपात ० दशमलव ०४ प्रतिशत मात्र रहेको छ ।

बैंकको स्प्रेड दर ४ दशमलव ६१ प्रतिशत रहेको छ भने प्रति सेयर आम्दानी २१ दशमलव ८८ रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL