Logo

नेप्सेमा सूचीकृत होटलहरुले कमाए सवा अर्ब नाफा, कुनको अवस्था कस्तो ?

नेप्सेमा सूचीकृत होटलहरुले कमाए सवा अर्ब नाफा, कुनको अवस्था कस्तो ?



काठमाडौं । नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका ६ कम्पनीले सवा १ अर्ब नाफा कमाएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीहरुले १ अर्ब २५ करोड ५४ लाख २६ हजार रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ०.७९ प्रतिशतले कम हो ।

अघिल्लो वर्षको यसै अवधिमा यी कम्पनीहरुले १ अर्ब २६ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएका थिए । यता, सूचीकृत ६ कम्पनीको आम्दानी भने १.०२ प्रतिशतले बढेर ६ अर्ब ८० करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यी कम्पनीहरुले ६ अर्ब ७४ करोड ६ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

चुक्ता पुँजीमा तारागाउँ रिजेन्सी अगाडि

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी तारागाउँ रिजेन्सी होटलको रहेको छ । यसको पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ छ । त्यस्तै, सिटी होटलको पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । यता, सबैभन्दा धेरै जगेडा कोष भने ओरियन्टल होटलको रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ छ ।

आम्दानीमा सोल्टी होटल अगाडि

सूचीकृत ६ कम्पनीको सञ्चालन आम्दानी भने १.०२ प्रतिशतले बढेर ६ अर्ब ८० करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यी कम्पनीहरुले ६ अर्ब ७४ करोड ६ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेका थिए । सबैभन्दा धेरै आम्दानी गर्नेमा सोल्टी होटल रहेको छ । यसले यसअवधिमा २ अर्ब ७७ करोड ८९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । त्यस्तै, तारागाउँ रिजेन्सीले १ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

नाफा सबैभन्दा धेरै सोल्टीको

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा सोल्टी होटल रहेको छ । यसको नाफा ११.७८ प्रतिशतले बढेर ६७ करोड ७ लाख ९ हजार रुपैयाँ पुगेको छ । तारागाउँ रिजन्सीले ५१ करोड ५४ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । यसअवधिमा सिटी होटल भने घाटामा रहेको छ ।

प्रतिसेयर आम्दानीमा तारागाउँ रिजेन्सी अगाडि

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी तारागाउँ रिजेन्सीको रहेको छ । यसको प्रतिसेयर आम्दानी २६ रुपैयाँ २७ पैसा छ । त्यस्तै, चन्द्रागिरी हिल्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७५ पैसा छ । सिटी होटलको प्रतिसेयर आम्दानी भने ऋणात्मक छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This