काठमाडौं । नेपालमा सञ्चालनमा रहेको ७ लघु बीमा कम्पनीले पौने ११ करोड रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेको ७ लघु बीमा कम्पनीहरुले १० अर्ब ७२ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा २१८.०४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ३ करोड ३७ लाख ३४ हजार रुपैयाँ नाफा कमाएका थिए ।
हाल ३ लघु जीवन बीमा र ४ निर्जीवन लघु बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । यी मध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । यसअवधिमा यसले ६ करोड १ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । यसले २ करोड २७ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । यसअवधिमा ५ लाघु बीमा कम्पनीको नाफा बढेको छ भने २ को घटेको छ ।
यता, प्रतिसेयर आम्दानीमा पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नै अगाडि रहेको छ । यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६ पैसाले बढेर ८ रुपैयाँ ०२ पैसा पुगेको छ । क्रेष्ट माइक्रो इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०३ पैसा छ । लिवर्टी माइक्रो लाइफको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा छ ।

चुक्ता पुँजी, जगेडा कोष र खुद बीमा शुल्क आर्जनमा कुनको अवस्था कस्तो ?
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत भएका क्रेष्ट, गार्डियन र नेपाल माइक्रो इन्स्योरेन्सको चुँक्ता पुँजी ७५ करोड रुपैयाँ छ । आइपीओ जारी गर्न बाँकी ४ कम्पनीको पुँजी भने ५२ करोड ५० लाख रुपैयाँ छ । समग्रमा ७ लघु बीमा कम्पनीको जगेडा कोषमा ४ अर्ब ३५ करोड रुपैयाँ छ । सबैभन्दा धेरै जगेडा कोष हुनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । यसको जगेडा कोषमा ४ करोड ८१ लाख ५७ हजार रुपैयाँ छ ।

यता, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ । यसअवधिमा यसले ३९ करोड ९५ लाख ९९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । समग्रमा ७ लघु बीमा कम्पनीहरुले १ अर्ब २४ करोड १९ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका छन् ।