Logo

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त



काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य मंगलबारदेखि लागू हुनेगरी बर्खास्त भएका छन । पटक–पटक अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्र बैंकले आचार्यलाई सेवाबाट नै हटाएको हो ।

laxmi

आचार्यले गत पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा राष्ट्र बैंककी डेपुटी गर्भनर निलम ढुङ्गाना माथि दुर्व्यवहार गरेको आरोप लागेको छ । आचार्यले ढुङ्गानालाई दुर्व्यवहार गर्नुभन्दा अघि पनि पटक–पटक अनुशासनहिन कार्य गरेकोमा कारबाहीमा पर्दै आएका राष्ट्र बैंक श्रोतले बतायो ।

केन्द्रीय बैंकको मानव संशाधन विभागले ढुङगानाको उजुरी उपर आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । विभागले केन्द्रीय बैंकको कर्मचारी विनियमावली अनुसार मानव संसाधान विभागको जाँचबुझ समितिले आवश्यक अध्ययन तथा प्रमाण संकलन गरेर पुष्टि भएसंगै कारबाही गरेको श्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
MBL