Logo

पुसमा पुनः उकालो लाग्यो मूल्यवृद्धि, खाद्य पदार्थको मूल्यवृद्धि ५.७७ प्रतिशत पुग्यो

पुसमा पुनः उकालो लाग्यो मूल्यवृद्धि, खाद्य पदार्थको मूल्यवृद्धि ५.७७ प्रतिशत पुग्यो



काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा पुनः मूल्यवृद्धि उकालो लागेको छ । मंसिरमा स्वाट्टै घटेर ४.९५ प्रतिशतमा पुगेको बार्षिक विन्दुगत मुद्रास्फिति पुस महिनामा पुनः बढेर ५.२६ प्रतिशतमा पुगेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ०.६७ प्रतिशत विन्दुले बढेर ५.७७ प्रतिशतमा पुगेको हो । यसअघि गत मंसिरमा यस्तो मूल्यवृद्धि ५.१० प्रतिशतको विन्दुमा थियो । बार्षिक तुलनामा भने चालु आवको पुस महिनामा गत आवको सोही अवधिको तुलनामा बार्षिक विन्दुगत मूल्यवृद्धि २ प्रतिशत विन्दुले ओरालो लागेको छ ।

२०८० पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।

२०८० पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत क्रमशः कमी आइरहेको अवस्था छ ।

वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दबाब पर्न गएको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलपूmलको १०.१५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL