Logo

५० खर्ब पुग्यो कर्जा प्रवाह, एक दिनमै ३८ अर्बले थपियो निक्षेप

५० खर्ब पुग्यो कर्जा प्रवाह, एक दिनमै ३८ अर्बले थपियो निक्षेप



काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट प्रवाह भएको कर्जा ५० खर्ब पुगेको छ । गएको असोज ३० गते बैंकिङ प्रणालीबाट प्रवाह भएको कर्जा ५० खर्ब रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार त्यसको अघिल्ले दिन असोज २९ गते ४९ खर्ब ७० अर्ब रुपैयाँ रहेको कुल कर्जा प्रवाह एक दिनमै ३० अर्बले थपिएर ५० खर्ब पुगेको हो ।

laxmi

यसरी प्रवाह भएको कर्जामध्ये ४४ खर्ब २६ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुमार्फत हुँदा बाँकी ५ खर्ब रुपैयाँ कर्जा प्रवाह भने अन्य बैंक वित्तीय संस्थाबाट भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै यसै अवधिमा अर्थात असोज ३० गतेसम्म नेपालको बैंकिङ प्रणालीमा निक्षेप भने ५९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । यो पनि अघिल्लो दिनअ असोज २९ को तुलनामा ३८ अर्बले बढी हो । अघिल्लो दिन बैंकिङ प्रणालीमा कुल निक्षेप ५८ खर्ब ७७ अर्ब थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL