Logo

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, ऋण लिन थप सहज, यस्ता छन् नयाँ व्यवस्था (पूर्ण पाठसहित)

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, ऋण लिन थप सहज, यस्ता छन् नयाँ व्यवस्था (पूर्ण पाठसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन २०७९ मा संशोधन गरेको छ । चालु पुँजी प्रकृतिको कर्जा प्रवाहमा सहजीकरण गर्दै मार्गदर्शनको पहिलो संशोधन गरेको हो ।

laxmi

यसअन्तर्गत राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्रका उद्योग व्यवसायीलाई भने सहजीकरण गरिदिएको छ । अब उत्पादनमुलक क्षेत्रका उद्योगहरुका लागि ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन लागू नहुने व्यवस्था उक्त संशोधित मार्गदर्शनले गरेको छ ।

यसअघि हरेकजसो उद्योगहरुका लागि १ करोडमाथिको कर्जामा यो मार्गदर्शन लागू हुने व्यवस्था गरिएको थियो ।

यस्तै राष्ट्र बैंकले एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट उत्पादनमुलक क्षेत्रमा प्रवाह हुने ४ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यव्स्था गरिदिएको छ । यसअघि यस्तो व्यवस्था २ करोड रुपैयाँसम्मको कर्जामा लागू गरिएको थियो । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।

उद्योगी व्यवसायीहरुले हालसम्म पनि चालु पुँजी कर्जा मार्गदर्शनले निर्देश गरेको व्यवस्थाले उद्योग व्यवसाय नै धराशायी हुने बताउँदै आएका थिए ।

सोही अनुसार राष्ट्र बैंकले पनि उक्त मार्गदर्शनमा संशोधन गर्दै अब अन्य उद्योग व्यवसायको तुलनामा उत्पादनमुलक उद्योग व्यवसायलाई भने सहजीकरण गरिदिएको हो ।

समग्र बैंकिङ्ग प्रणालीबाट उत्पादनमूलक उद्योगको हकमा कुल ३ करोड रुपैयाँसम्म चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन ।

यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन्। तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शनबमोजिम हुनुपर्ने राष्ट्र बैंकको संशोधित मार्गदर्शनमा उल्लेख छ ।

[googleapps domain=”drive” dir=”file/d/1S43LYlg5SYEh1JmaOtwlfUhMvHMs-IDU/preview” query=”” width=”100%” height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL