Logo

निफ्राको खुद नाफा १ अर्ब १४ करोड, नाफा १३ प्रतिशतले घट्यो

निफ्राको खुद नाफा १ अर्ब १४ करोड, नाफा १३ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १३.८५ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा बैंकले १ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा २५.५१ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले २ अर्ब ५५ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको फि तथा कमिसनबाट हुने आम्दानी १ करोड १७ लाख रुपैयाँबाट बढेर २ करोड १० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको निक्षेप संकलन ८२ करोड ९८ लाख रुपैयाँबाट बढेर ७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि २० अर्ब ८६ करोडबाट बढेर २४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

बैंकको मूल्य आम्दानी अनुपात ५९.९६ गुणा, तरलता अनुपात १४६.९२ प्रतिशत र इक्युटिमा प्रतिफल ४.४९ प्रतिशत कायम भएको छ । बैंकको रिजर्भ कोषमा ४ अर्ब ७ करोड रुपैयाँको सञ्चित छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६१.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.८८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्