Logo

वस्तु आयातमा सहजीकरण : एक पटकमा ६० हजार डलर बराबरको वस्तु आयात गर्न पाईने, धरौटी पनि घट्यो

वस्तु आयातमा सहजीकरण : एक पटकमा ६० हजार डलर बराबरको वस्तु आयात गर्न पाईने, धरौटी पनि घट्यो



काठमाडौं । अब उद्योगी व्यापारीले विदेशबाट एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको वस्तु आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

laxmi

यसअघि उद्योगी व्यापारीले एक पटकमा ५० हजार डलर बराबरको वस्तु मात्रै आयात गर्न पाउने व्यवस्था थियो ।

यस अन्तर्गत एक पटक वस्तु आयात गरिसकेपछि पुनः वस्तु आयात गर्नका लागि भने अघिल्लो पटकको वस्तु आईसकेको ७ दिनपछि मात्रै पुनः सटही सुविधा पाईनेछ । यस्तै राष्ट्र बैंकले उद्योगले गर्ने आयात र व्यापारिक संस्थाले गर्ने आयातमा राख्नुपर्ने धरौटीको सीमा पनि घटाईदिएको छ ।

यसअघि उद्योगले गर्ने आयातको हकमा दुई प्रतिशत र व्यापारिक संस्थाले गर्ने आयातको हकमा १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था थियो । उक्त व्यवस्था संशोधन गरेर राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भन्सार राजस्व लिने व्यवस्था भएकाका कारण अब उद्योगले एक प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL