Logo

कर्जा प्रवाहमा आधारदरको नयाँ व्यवस्था, अब तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजमा ऋण दिन नपाईने

कर्जा प्रवाहमा आधारदरको नयाँ व्यवस्था, अब तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजमा ऋण दिन नपाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा तीन महिनाको आधारदरलाई गणना गर्नुपर्ने व्यवस्था लागू गरेको छ । यसअघि बैंकहरुले पछिल्लो आधारदरको आधारमा कर्जा प्रबाह गर्दै आएकोमा अबका दिनमा तीन महिनाको आधारदरलाई औसतमा गणना गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

laxmi

‘कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन,’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ, ‘तर, नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहले आफ्नो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता/अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण पचिालन हुने गरी संचालन गरेको कार्यक्रम अन्तर्गतको कर्जा औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।’

पछिल्लो समय पहुँचवाला र ठूला घरानियाले घट्दो आधारदरमा कर्जा लिने तथा आधारदरभन्दा कममा समेत कर्जा लिन थालेपछि राष्ट्र बैंकले उक्त व्यवस्थामा कडाई गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL