Logo

दोब्बरले बढ्यो मुद्रास्फीति, रेष्टुरेन्ट र होटलमा महंगी अत्याधिक वृद्धि

दोब्बरले बढ्यो मुद्रास्फीति, रेष्टुरेन्ट र होटलमा महंगी अत्याधिक वृद्धि



काठमाडौं । चालु आर्थिक बर्षको असोज मसान्तसम्म नेपालमा मुद्रास्फीति दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको असोज मसान्तको तुलनामा यो आवको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दोब्बरले बढेको हो । गत आवको असोज मशान्तमा ४.२४ प्रतिशत रहेको यस्तो मुद्रास्फीति यो आवको सोही अवधिमा बढेर ८.५० प्रतिशत पुगेको हो ।

laxmi

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यस्तै असोज महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

यता गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ७.६८ प्रतिशत रहेको छ ।

चालु आवको असोज महिनामा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ असोज महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL