Logo

एभरेष्ट बैंकको बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुचारु, ग्राहकलाई आधुनिक बैंकिङ सेवा

एभरेष्ट बैंकको बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुचारु, ग्राहकलाई आधुनिक बैंकिङ सेवा



काठमाडौं । एभरेष्ट बैंकले झापाको बिर्तामोडमा नयाँ शाखाबाट सेवा सुचारु गरेको छ । विशेष कार्यक्रमकाबीच बैंकल बिर्तामोडका शनिश्चरे रोडमा रहेको शाखालाई स्थानान्तरण गरीे मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुचारु गरेको छ ।

laxmi

सो कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रादेशिक प्रबन्धक जनक चापागाँईले स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताएका छन् ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् । साथै देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL