Logo

राष्ट्र बैंकको तथ्यांकले भन्छ–अघिल्लो महिनाको तुलनामा खाद्यान्नको मूल्य घट्यो, उपभोक्ता भन्छन्, झन बढ्यो

राष्ट्र बैंकको तथ्यांकले भन्छ–अघिल्लो महिनाको तुलनामा खाद्यान्नको मूल्य घट्यो, उपभोक्ता भन्छन्, झन बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनाको तुलनामा पुसमा नेपालमा खाद्यान्नलगायत सबै वस्तुको को मूल्य घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको मंसिर महिनामा खाद्यान्न तथा पेय पदार्थको मुद्रास्फीति ५ दशमलव ६७ प्रतिशत थियो तर, पुस महिनामा उक्त मूद्रास्फीति घटेर ४ दशमलव ९२ प्रतिशतमा पुगेको हो ।

laxmi

यस अवधिमा समग्र मूल्यवृद्धिमा समेत गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ११ प्रतिशत थियो । तर, पुस महिनामा यस्तो मूल्यवृद्धि घट्दै ५ दशमलव ६५ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ ।

यसरी राष्ट्रि बैंकले विभिन्न वस्तुहरुको मूल्यवृद्धि घटिरहेको तथ्यांक निकाल्दा उपभोक्ताहरु दैनिक मूल्यवृद्धिको चापमा परिरहेको अवस्था छ । पछिल्लो महिना गत महिनाको तुलनामा वस्तुको मूल्य झन धेरै बढेको उपभोक्ताको गुनासो छ । यता राष्ट्र बैंकको प्रतिवेदनमा भने हरेक वस्तुको मुल्यवृद्धि गत अघिल्लो महिनाको तुलनामा घटेको उल्लेख छ । गैर चालु आवको पुस महिनासम्म खाद्य तथा सेवा समुहको मुद्रास्फीति ६ दशमलव २३ प्रतिशत पुगेको छ । यस्तो मूल्यवृद्धि अघिल्लो महिना अर्थात मंशिरमा भने ८ दशमलव २५ प्रतिशतसम्म पुगेको थियो ।

२०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१ दशमलव २२ प्रतिशत, १४ दशमलव ०७ प्रतिशत, ११ दशमलव ३७ प्रतिशत, १० दशमलव ४८ प्रतिशत र ९ दशमलव २२ प्रतिशत रहेको छ ।

पुष महिनामा काठमाडौं उपत्यकामा ५ दशमलव २८ प्रतिशत, तराईमा ६ दशमलव १५ प्रतिशत, पहाडमा ५ दशमलव ३४ प्रतिशत र हिमालमा ५ दशमलव २२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ पुसमा यी क्षेत्रहरुमा क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.१० प्रतिशत, ७.६७ प्रतिशत र ७.१४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७.५१ प्रतिशत रहेको छ । यस्ता वस्तुको मूल्यवृद्धि गत बर्षको तुलनामा बढि भएपनि अघिल्लो महिनाको तुलनामा घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL