Logo

एनएमबि बैंकको लाभांश पारित, चुक्ता पुँजी १८ अर्ब नाघ्यो

एनएमबि बैंकको लाभांश पारित, चुक्ता पुँजी १८ अर्ब नाघ्यो



काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

laxmi

सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै पुस ६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ । १२.५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको साधारणसभा पुस २२ गते बिहान साढे १० बजे काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको हो । सभाले गत आर्थिक वर्षको सम्पूर्ण वार्षिक प्रतिवेदनहरु पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै केहि दिनभित्रै जम्मा गर्ने जानकारी दिएको बैंकले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात मात्र सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने बताएको छ ।

कुनै वर्ष ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको यस बैंकले यस वर्ष भने अघिल्ला पाँच आर्थिक वर्षपछिकै कम लाभांश दिएको हो । आर्थिक वर्ष ०७५-७६ को मनुाफाबाट बैंकले हालसम्मकै सर्वाधिक ३५ प्रतिशत लाभांश दिएको थियो । सो वर्ष बैंकले २१ प्रतिशत बोनस शेयर र कर समेत १४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले रू. १ अर्ब ४ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४२ दशमलव ४९ प्रतिशत बढी भएको हो । गत वर्ष यो अवधिसम्म बैंकको खुद नाफा रू. ७३ करोड २९ लाखभन्दा बढी थियो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. ४५ करोड ८४ लाख ५२ हजार रहेको छ । वितरणयोग्य नाफामा भने यो वर्ष कमि आएको हो ।

गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ५१ करोड ९१ लाखभन्दा बढी थियो । रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोषमा रू. ८ अर्ब ६५ करोड ८३ लाखभन्दा बढी रकम कायम रहेको छ । प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५९ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव शून्य ३ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL