Logo

आयात कर्जा दोब्बरले बढ्दा ओडी कर्जामा पनि वृद्धि, १ खर्ब २० अर्ब पुनर्कर्जा प्रबाह

आयात कर्जा दोब्बरले बढ्दा ओडी कर्जामा पनि वृद्धि, १ खर्ब २० अर्ब पुनर्कर्जा प्रबाह



काठमाडौं । नेपालको आयात वृद्धि भइरहँदा बैंक तथा वित्तीय संस्थाले सो क्षेत्रमा प्रबाह गर्ने कर्जामा पनि उच्च वृद्धि भएको छ । नेपालको आयात ६१ प्रतिशतले वृद्धि हुँदा बैंक तथा वित्तीय क्षेत्रले आयातका लागि प्रबाह गर्ने कर्जा झण्डै दोब्बरले बढेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको पहिलो ३ महिनाको तुलनामा चौथो महिनामा आईपुग्दा त्यस्तो क्षेत्रमा प्रबाह हुने कर्जा दोब्बरले बढेको हो । चालू आबको पहिलो ३ महिनामा आयातमा प्रबाह हुने कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको थियो । तर चौथो महिनामा आईपुग्दा यस्तो वृद्धिदर बढेर ८.४ प्रतिशत पुगेको छ ।

यसैगरी सो अबधिमा गाडी खरिदका लागि हायर पर्चेज कर्जा पनि वृद्धि भएको छ । अघिल्लो महिनामा हायर पर्चेज कर्जा ३.६ प्रतिशतले बढेकोमा चौथो महिनामा आईपुग्दा बढेर ४.२ प्रतिशत पुगेको छ ।

यस्तै सो अबधिमा राष्ट्र बैंकले १ खर्ब २० अर्ब ११ करोड रुपैयाँ पुनर्कर्जा प्रबाह गरेको छ । सो अबधिमा १ लाख ३३ हजार ऋणीले सहुलियतपूर्ण कर्जाको सुविधा उपयोग गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL