Logo

तरलता संकट बढेपनि रोकिएन बैंकको कर्जा लगानी, निक्षेप बाहिरिने क्रम बढ्दो, सीडी अनुपात ९१ प्रतिशत नजिक

तरलता संकट बढेपनि रोकिएन बैंकको कर्जा लगानी, निक्षेप बाहिरिने क्रम बढ्दो, सीडी अनुपात ९१ प्रतिशत नजिक



काठमाडौं । केही समययता बजारमा चरम तरलता अभाव भएपनि बैंकहरुको कर्जा विस्तार भने रोकिएको छैन । नेपाल बैंकर्स संघले जारी गरेको तथ्याङ्क अनुुसार पछिल्लो सयम बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिने क्रम बढेपनि कर्जा लगानीपनि सोही अनुरुप बढिरहेको छ ।
पछिल्लो एक हप्तामा नेपालका २७ ओटा बाणिज्य बैंकबाट १४ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ ।

साथै सो अबधिमा बैंकिङ प्रणालीबाट ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । बैंकहरुको निक्षेपको मुख्य स्रोतको रुपमा रहँदै आएको रेमिटान्स आप्रबाहमा आएको गिराट, सरकारले पुँजीगत खर्च परिचालन गर्न नसक्दा तरलता अभाव बढ्दै गएको छ भने देशमा उच्च आयात हुँदा कर्जाको माग भने सोही अनुरुप बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

मंसिर ८ गतेसम्म बैंकको निक्षेप ४२ खर्ब २६ अर्बबाट घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ । यसैगरी सोही अबधिमा कर्जा विस्तार भने ४० खर्ब ४१ अर्बबाट बढेर ४० खर्ब ५५ अर्ब रुपैयाँमा पुगेको छ ।

यसैगरी सो अबधिमा समग्र बाणिज्य बैंकहरुको सीडी अनुपात ९० दशमलव ९३ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले सीडी अनुपात ९० प्रतिशत तोकेपनि बैंकहरुले यस अघिनै उच्च कर्जा विस्तार गर्दा सीडी अनुपात नियामकले तोकेभन्दा बढि हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL