Logo

सिटिजन्स बैंकको १५औँ वार्षिक साधारण सभा, १६ प्रतिशत लाभांश पारित

सिटिजन्स बैंकको १५औँ वार्षिक साधारण सभा, १६ प्रतिशत लाभांश पारित



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १५औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ । कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी विद्युतीय माध्यम र भौतिकरुपमा एकसाथ साधारण सभा सञ्चालन गरेको हो ।

laxmi

यस अवसरमा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको छ ।

त्यसैगरी सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत लाभांश १,६२४,०५०,८९१.१० बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७.२४ बराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाश चन्द्र मैनाली र विजयध्वज कार्कीलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । सभाका अध्यक्षले सेयर धनीहरूबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्ने सक्ने विश्वास सभालाई गराए ।

साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पुर्‍याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे । बोनस शेयर वितरणपछि बैकको चुक्ता पुँजी १४ अर्ब २० करोड पुगेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक सम्ममा करिब १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिभित्र ६९ करोड खुद नाफा आर्जन गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ११२ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट करिब १२ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरूको वित्तीय आवश्यकताहरू डिजिटल प्रदान गरिरहेको छ ।

यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सेवा, मोबाइल बैंकिङकाे पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरूको थालनी गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरूलाई सकेसम्म बैंकमा नआईकनै बैकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आउनुभएका ग्राहक महानुभावहरूलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणको लागि डिम्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL