Logo

चालु खाता र शोधनान्तर स्थितिमा थप सुधार, शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्बले बचतमा

चालु खाता र शोधनान्तर स्थितिमा थप सुधार, शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्बले बचतमा



काठमाडौं । नेपालको आर्थिक अवस्था पछिल्लो समय बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चाल आवको जेठ मसान्तसम्मको विवरण अनुसार चालु खाता र शोधनान्तर स्थिति बलियो देखिएको हो । राष्ट्र बैंकका अनुसार जेठसम्म अर्थात समीक्षा अवधिमा चालु खाता रु.३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२०० अर्ब ३८ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.५ अर्ब ४६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.८ अर्ब २४ करोड रहेको थियो ।

द्दट। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४२५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्