Logo

कोरोनाले होटल रेष्टुरेन्ट क्षेत्र अझै लयमा फर्कन सकेन, २९ प्रतिशत व्यवसाय मात्रै पूर्ण संचालनमा

कोरोनाले होटल रेष्टुरेन्ट क्षेत्र अझै लयमा फर्कन सकेन, २९ प्रतिशत व्यवसाय मात्रै पूर्ण संचालनमा



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारी र यसले निम्त्याएको विभिन्न प्रतिवन्धहरुका कारण पर्यटन र सेवा क्षेत्र ध्वस्त भएको छ
त्यसमध्ये पनि विश्वबजारमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्र होटल, रेष्टुरेन्ट क्षेत्र हो ।

नेपालले पनि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत बर्ष चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेसँगै नेपालका ९० प्रतिशत होटल तथा रेष्टुरेन्टहरु पुर्ण रुपमा बन्द हुन पुगेका थिए। लकडाउनपछि नेपाल राष्ट्र बैंक गरेको सर्भेक्षणका अनुसार ७ दशमलव २१ प्रतिशत होटल रेष्टुरेन्टहरु आंशिक रुपमा संचालन हुँदा १ दशममलव ८० प्रतिशत होटल रेष्टुरेन्टहरुमात्रै पूर्ण रुपमा संचालनमा आएका थिए ।

त्यसपश्चात विश्वभर कोरोना महामारी फैलिईरहेपनि जनमानसमा यसको डर कम हुँदै गयो । जसका कारण सरकारले गत भदौपश्चात लकडाउन र विभिन्न प्रतिवन्धलाई खुकुलो पार्दै निश्चित पेशा व्यवसाय संचालनका लागि अनुमति दियो । नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने पर्यटनलगायत होटल रेष्टुरेन्ट क्षेत्रलाई पनि संचालन अनुमति दिइँदा संचालनमा त आए । तर कोरोनाको प्रभाव जारी रहेका कारण मानिसको हिँडडुलमा कमी आएसँगै व्यापार पनि पहिलेको तुलनामा घट्यो ।

होटल रेष्टुरेन्ट क्षेत्रमा लकडाउन अगाडिकै जत्तिको व्यापार नभएपनि साना तथा मझौला व्यवसायहरु भने न्युनतम खर्चमा टिकिरहेको बताउँछन् होटल एशोसिएसन अफ नेपाल (हानं) का प्रथम उपाध्यक्ष विनायक शाह । उनका अनुसार न्यूनतम कर्मचारी र न्यूनतम खर्चमा होटल तथा रेष्टुरेन्ट क्षेत्रलाई व्यवसायीहरुले टिकाईरहेका छन् । तर लकडाउनको अवधिको तुलनामा हाल भने व्यापारमा केही सुधार आएको भन्दै चित्त बुझाउनुबाहेक केही नभएको उनको भनाई छ । ‘पुरानै अवस्थामा फर्किन त २ बर्षको समय नै लाग्छ,’ उनले भने, ‘तर लकडाउनको अवधिको तुलनामा हाल व्यापारमा केही सुधार भने आएकै हो ।’

हाल रेष्टुरेन्ट क्षेत्रमा विकेन्ड र विदाका दिनमा छिटफुट मान्छे देखिने भएपनि प्रायः खाली नै हुने उनको भनाई छ । विभिन्न पर्यटन क्षेत्र खुल्ला गरिँदा पनि मानिसहरु ओहोरदोहोर कम भएका कारण सेवा क्षेत्रमा पनि भनेजस्तो व्यापार छैन । तर हाल २९ दशमलव ७० प्रतिशत होटल रेष्टुरेन्ट मात्रै पूर्णरुपमा संचालनमा आउँदा ४६ दशमलव ५३ प्रतिशत व्यवसाय आंशिक रुपमा संचालनमा आएका छन् ।

यस्तै अझै २३ दशमलव ७६ प्रतिशत होटल रेष्टुरेन्टहरु संचालनमा नै आउन सकेका छैनन । नेपाल राष्ट्र बैंकले कोरोना कहरको प्रभाव कम हुँदै जाँदा र व्यवसायहरु संचालन गर्न दिँदा यसको असर कत्तिको परेको छ भनी अध्ययन गरेको थियो । गत कात्तिक १३ गतेदेखि मंसिर २४ गतेसम्म गरिएको अध्ययनमा होटल र रेष्टुरेन्ट क्षेत्र अझै लयमा फर्कन नसकेको पाईएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL