Logo

सरकारले छान्यो विदेशबाट ल्याएका नागरिक राख्नका लागि क्वारेन्टाईन बनाउने होटल (सूचीसहित)

सरकारले छान्यो विदेशबाट ल्याएका नागरिक राख्नका लागि क्वारेन्टाईन बनाउने होटल (सूचीसहित)



काठमाडौं । सरकारले विदेशबाट आउने नेपालीहरु राख्नका लागि क्वारेन्टाईन बनाउने होटलहरुको सुची तयार गरेको छ । विश्वब्यापी संक्रमणको कारण उत्पन्न असहज अवस्थामा स्वदेश आएका नेपालीहरुलाई राख्नको लागि सरकारले होटलहरुको सुचिकृत गरेको हो ।

laxmi

सरकारले सुचिकृत गरेको होटलहरुमा चार तारे एक, तिन तारे होटलको संख्या ९ २ तारे होटल २ ओटा, डिलक्स रिर्सोट एउटा, एक तारे होटल ५ ओटा र पर्यटकिय स्तरका होटल २७ ओटा गरि कुल ४७ ओटा होटल सुचिकृत गरेको छ । जसमा १८ सय ८९ ओटा कोठा रहेका छन ।

सरकारले कोरोनाका कारण भिसाको समय सकिएका तथा विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने निर्णय अनुसार पहिलो र दोस्रो चरणमा १९४ जना नेपालीलाई स्वदेश ल्याईसकेका छन । पहिलो चरणमा म्यानमारबाट २६ जना र दोस्रो चरण अन्तरगत दुबईबाट १६८ जना नेपालीलाई ल्याएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL