Logo

फागुन १९ देखि जापानको नारिता उडने भयो नेपाल वायुसेवा निगम, पहिलो उडानमा ५५ जना यात्रु

फागुन १९ देखि जापानको नारिता उडने भयो नेपाल वायुसेवा निगम, पहिलो उडानमा ५५ जना यात्रु



काठमाडौं । नेपाल बायुसेवा निगमको वाईडबडी जहाजले आगामी फागुन १९ गतेदेखि जापानको नारिता नियमित उडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । जापानको नारिता विमानस्थलमा उडान शुरु भएसँगै निगमले हाल उडान गरिरहेको जापानकै अर्को गन्तब्य ओसाका उडान भने पूर्णरुपले बन्द गर्ने भएको छ । निगमले नारितामा हप्तामा ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।

laxmi

निगमले नारितामा २६ सेप्टेम्बर देखी चार्टर उडान गर्दै आएको थियो । तर, अब भने फागुन १९ गतेदेखि नियमित उडान गर्न लागेको हो । काठमाडौं–नारिताको पहिलो उडानका लागि हालसम्म ५५ जनाले टिकेट खरिद गरिसकेका छन भने नारिता–काठमाडौंका लागि १ सय ४० जनाले टिकट खरिद गरिसकेको निगमका प्रवक्ता अर्चना खडकाले जानकारी दिइन । त्यस्तै दोस्रो उडानको लागि काठमाडौं–नारिता ११ जना र नारिता–काठमाडौंका लागि १ सय २२ जनाले टिकट खरिद गरिसकेका छन ।

काठमाडौंबाट नारिता सीधा उडान एकतर्फी ४० हजार र दुईतर्फी ८० हजार रुपैयाँमा निगमले टिकट बिक्री गरिरहेको छ । यो गन्तव्यमा निगमले रातको १ बजे उडान गर्ने भएको छ । करिब १५ घण्टाको नारिता उडान ओसाकाभन्दा आधा घण्टामात्रै लामो हुने खडकाले जानकारी दिइन ।

उनका अनुसार जापान सिभिल एभिएसन ब्युरो (जेक्याप) ले निगमलाई उडान अनुमति दिए पनि अन्तिम स्वीकृति भने आउन बाँकी रहेको छ । तथापि जेक्यावले टिकट बुकिङ खुला गर्न अनुमति दिएकाले टिकट बिक्री गरेको प्रवक्ता खडकाले बताईन । निगमले ओशाका उडानमा घाटा ब्यहोरेको भन्दै नारिता उडान गर्न लागेको हो ।

निगमका प्रवक्ता खडकाका अनुसार नारिता उडानमा समेत घाटा हुने अवस्था आयो भने अन्य शहरमा जान सकिने छ । उनले भनिन, ‘ओशाका हामीले पहिले नै उडान गरेको हो त्यसैले केही सहजताका लागि मात्रै हामी त्यहाँ गएका हौं । त्यो भन्दा उपलब्धिमुलक नयाँ अर्को गन्तब्य भेटेमा हामी नारिता पनि बन्द गरेर नयाँ गन्तब्य जाने छौं ।’

त्यस्तै निगमले वाईडबडी तथा न्यारोबडी खरिद गर्दा लिएको ऋणको पुसको किस्ता एकमुष्ट रकम १ अर्ब १ करोड रुपैयाँ बुझाएको छ । वाइडबडी जहाज भित्रिएपछि निगमले समयमा नै अन्तरराष्ट्रिय उडानको व्यवस्थापन मिलाउन नसक्दा र निगमले लिएको २४ अर्ब रुपैयाँको ऋण सावा ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको बेला उक्त रकम बुझाएको हो ।

हरेक तीन महिनामा निगमले वाइडबडीको ८० करोड ८२ लाख रुपैयाँका दरले तिर्नुपर्छ भने न्यारोबडीका लागि ३३ करोड ९ लाख रुपैयाँ जहाज खरिदबापत लिएको ऋणको किस्ता तिर्नुपर्छ । तर, निगमले हालसम्म संचयकोषको ४४ करोड रुपैयाँ बुझाएको छ भने नागरिक लगानी कोषको ५७ करोड रुपैयाँ मात्रै बुझाएको छ ।

निगमका जहाज ग्राउण्डेड

निगमको आन्तरिक उडानमा अहिले समस्या देखिएको छ । निगमले अहिले ४ ओटा जहाजबाट मात्रै आन्तरिक उडान गरिरहेको छ । निगमका अनुसार चिनियाँ जहाज एमए ६० एक, वाई १२ एक र ट्वीनअटर २ ओटाले मात्रै उडान गरिरहेका छन् भने अन्य साना जहाजहरु ग्राउण्डेड अवस्थामा छन् । निगमका अनुसार ३ वाई १२, एमए ६० जहाज १ र २ ओटा ट्वीनअटर ग्राउण्डेड छन् ।

निगमले बारम्बार ग्राउण्डेड भएको जहाजलाई मर्मत गर्दै संचालनमा ल्याउने बताए पनि समयमै मर्मत गर्न नसकेको अवस्था छ । केहीसमय अगाडि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले समेत ग्राउण्डेड जहाज संचालनमा ल्याउन निर्देशन दिएको थिए । तर पाटपुर्जा चीनबाट ल्याउन नसकेको भन्दै निगमले ती जहाजहरु अझै संचालनमा ल्याउन सकेको छैन् ।

निगमले भने साना जहाजलाई संचालनमा ल्याउन नसक्दा निगमको त िजहाजबाट आम्दानी भन्दा बढी खर्च भइरहेको छ । निगमका प्रवक्ता खडका चिनियाँ जहाज एमए ६० र वाई १२ जहाज सुरुदेखि नै ग्राउण्डेड भईरहकोले समस्या आएको बताउाछिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL