Logo

मुलुकभरका होटल व्यवसायी सुर्खेतमाः पर्यटन प्रवर्द्धनमा टेवा

मुलुकभरका होटल व्यवसायी सुर्खेतमाः पर्यटन प्रवर्द्धनमा टेवा



काठमाडौं । शुक्रबारदेखि सुरु हुने होटल व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन् । महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै ७ ओटै प्रदेशका होटल व्यवसायी सुर्खेत आएका हुन् ।

laxmi

महासंघले दुई दिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम रहेको छ । होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अमृत भुजेलले महाधिवेशनमा सातै प्रदेशबाट १ हजार ५ सय भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने बताए । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

अध्यक्ष भुजेलले महाधिवेशन प्रतिनिधिलाई कर्णालीको अर्गानिक खानाको व्यवस्था मिलाइएको बताएका छन । ‘कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादनलाई जोड दिएको छ, यस्तो सकारात्मक अभियानको सार्थकताका लागि हामी निजी क्षेत्रको पनि सहयोग हुनुपर्छ’, उनले भने, ‘कोशेलीका रुपमा स्थानीय उत्पादनलाई नै प्रयोग गर्दैछौँ ।’

महासंघ सुर्खेतका पूर्वअध्यक्ष तर्कबहादुर शाहीले कर्णालीको पर्यटन प्रवद्र्धनमा महाधिवेशनले ठूलो टेवा पुर्याउने बताए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL