Logo

विश्वको सबैभन्दा बलियो होटल ब्रान्ड बन्यो ‘ताज’, सबैभन्दा मूल्यवानको सूचीमा ‘हिल्टन’ शीर्षमा

विश्वको सबैभन्दा बलियो होटल ब्रान्ड बन्यो ‘ताज’, सबैभन्दा मूल्यवानको सूचीमा ‘हिल्टन’ शीर्षमा



काठमाठौं । संसारको सबैभन्दा बलियो होटेल ब्रान्डको कुरा गर्दा धेरैको ध्यान अमेरिका वा बेलायतजस्ता देशतिर जान्छ । तर, टाटा समूहको कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेडको ताज ब्राण्ड विश्वको सबैभन्दा बलियो होटल ब्रान्डको शीर्षमा परेको छ । ताज होटल्स लगातार दोस्रो पटक विश्वको सबैभन्दा बलियो ब्रान्ड बनेको हो ।

laxmi

ग्लोबल ब्रान्ड भ्यालुएसन कन्सल्टेन्सी फर्म ब्रान्ड फाइनान्सको होटल्स ५०, २०२२ को वार्षिक प्रतिवेदनका अनुसार ताजले विश्वका नामी होटलहरुलाई ब्राण्डको मामिलामा पछि पारेको हो । ब्राण्ड फाइनान्सले ताज प्रिमियर इन, हिल्टन होटल्स एण्ड रिसोर्ट्स, ह्याम्पटन बाई हिल्टन, एम्बेसी सुइट्स होटल्स, जेडब्लु मेरियट र साङ्ग्रिला होटल्स एण्ड रिसोर्ट्स, रेसिडेन्सेस इन मारियो, वाल्डोर्फ एस्टोरिया होटल्स र रिसोर्ट्स र डब्ल्यू होटल्सजस्ता विश्वव्यापी होटल ब्राण्डहरुको अध्ययनबाट यो प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनका अनुसार ताजले १०० मध्ये ८८.९ र ट्रिपल ए ब्रान्ड रेटिङ प्राप्त गरेको छ जसले होटल ब्रान्डको बल झल्काउँछ । ताजको ब्रान्ड मूल्य ६ प्रतिशतले बढेर ३१४ मिलियन डलर पुगेको छ ।

ताजको उत्कृष्ट सेवा

यसबारेमा आईएचसीएलका एमडी तथा सीईओ पुनीत चटवालले भने–‘ताज लगातार दोस्रो पटक विश्वको सबैभन्दा बलियो होटेल ब्रान्डको रूपमा चिनिएको छ । यसले यसको उत्कृष्ट सेवाहरूको प्रमाण दिन्छ ।’ इन्डियन होटल्स कम्पनीसँग सम्बद्ध ताज होटल्स एण्ड कन्भेन्सन सेन्टर आगराका कार्यकारी निर्देशक परितोष लधानीले ताज होटलको फरक परम्परा रहेको बताए । उनले भने- ‘ताजले आफ्नो पाहुनाको लागि राम्रो कुरा गर्छ । कोरोना महामारीपछि ताजमा अन्य केही परिवर्तन गरिएको छ । आवश्यकता अनुसार ताजको सम्पत्ति रणनीति पनि परिवर्तन भएको छ । समग्रमा, अतिथि हाम्रो लागि पहिलो हो । साथै, ताजले स्वास्थ्य सेवा क्षेत्रलाई सहयोग प्रदान गर्ने जस्ता रणनीतिक पहलका साथ अगाडि रहेको छ ।’

हिल्टन सबैभन्दा मूल्यवान

कोरोना महामारी र यसको रोकथामका लागि गरिएको ‘लकडाउन’को असर ताजसहित अन्य होटलमा परेको प्रतिवेदनमा छ । तर, यस्तो अवस्थामा पनि ताज पर्यटकको आवश्यकता अनुसार रणनीति मिलाएर सान्दर्भिक रह्यो । प्रतिवेदन अनुसार, सबैभन्दा मूल्यवान होटेल ब्रान्डहरूको सन्दर्भमा हिल्टन होटल्स एण्ड रिसोर्ट्स १२ बिलियन डलरको ब्रान्ड मूल्यको साथ सूचीमा शीर्ष स्थानमा छ । त्यसपछि ५.९ बिलियन डलरको हयात र ४.२ बिलियन डलरको होलिडे इन क्रमश सूचीको दोश्रो र तेश्रो स्थानमा रहेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL