Logo

होटल ओरेण्टियलको वित्तीय विवरण : ११२ करोड पूँजी भएको कम्पनीको ७५ करोड ऋण, ९ महिनाको घाटा मात्रै २१ करोड

होटल ओरेण्टियलको वित्तीय विवरण : ११२ करोड पूँजी भएको कम्पनीको ७५ करोड ऋण, ९ महिनाको घाटा मात्रै २१ करोड



काठमाडौं । कोरोना पछिको लकडाउनका कारण तारे होटलहरुको घाटा उच्च हुँदै गएको छ । नेप्सेमा सुचिकृत होटल ओरण्टियल (होटल र्याडिसन)ले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार उक्त होटलको ९ महिनाको घाटा मात्रै २१ करोड ११ लाख रुपैयाँ रहेको छ ।

आर्थिक बर्ष २०७६/७७ को ९ महिनामा ११ करोड ४६ लाख रुपैयाँ खुद आम्दानी गरेको होटल अ‍ेरेण्टियलले चालू आबको सोही अबधिमा आईपुग्दा कोरोना पछिको लकडाउनको कारणले २१ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोर्नु परेको हो ।

चुुक्ता पूँजी १ अर्ब १२ करोड रहेको सो होटलको ऋण मात्रै ७५ करोड रुपैयाँ रहेको छ । यस अघि होटलको ऋण ५० करोड रुपैयाँ रहेकोमा लकडाउनका कारण बढेर ७५ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

गतबर्षको मुनाफाबाट पनि आफ्ना लगानीकर्तालाई मुनाफा दिन नसकेको सो होटलले यहि अनुपातमा घाटा व्यहोर्दै गएमा उक्त घाटा पूर्ति गरेर लगानीकर्तालाई लाभांश दिन अझै ५ बर्ष लाग्ने देखिन्छ ।

पहिलो पटक लकडाउन भएर खुल्दा पोखर, चितवन, धुलिखेलमा अवस्थित होटल तथा रेष्टुराँले आन्तरिक पर्यटकलाई प्राथमिकता दिएर संचालनमा ल्याउँदा व्यवसाय लयमा फर्किएको थियो । तर, विदेशी पर्यटक लक्षित तारे होटलहरुले पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर संचालन गर्दा त्यसले कुनै गति लिन सेकेन ।

नेपालमै समेत कोरोनको नयाँ भेरियण्ट सहितको दोस्रो वेव फैलिएको र विश्वव्यापी रुपमा तेस्रो वेव समेत फैलिरहेको कारण अझै कति समय यस्तै चल्ने हो भन्ने विषय अन्यौलमा छ । कोरोना संक्रमण कम भएपनि विदेशी पर्यटक लक्षित ठूला तारे होटलहरु संचालनम आउन २ बर्ष लाग्ने सम्बद्ध पर्यटन व्यवसायीहरुको अनुमान रहेको छ । जसका कारण यस्ता तारे होटलहरु लयमा फर्किएर मुनाफा आर्जन गर्न ४ बर्ष अझै कुर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL