Logo

राष्ट्रिय पारा खेलाडीहको साथमा एनसेल, राष्ट्रिय पारालिम्पिक कमिटी नेपालसँग सहकार्य

राष्ट्रिय पारा खेलाडीहको साथमा एनसेल, राष्ट्रिय पारालिम्पिक कमिटी नेपालसँग सहकार्य



काठमाडौं । यही कार्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको चौथौं पारा एसियन गेम्समा देशको प्रतिनिधित्व गर्दै सहभागी सबै राष्ट्रिय पारा खेलाडीहरुलाई एनसेल ऐतिहासिक सफलताको शुभकामना व्यक्त गरेको छ । आफ्नो ब्राण्ड थिम ‘हामी तपाईंकै लागि‘ अन्तर्गत राष्ट्रिय पारा टिमसँग आवद्ध हुन एनसेल अत्यन्तै गौरवान्वित भएको कमपनीले जनाएको छ ।

laxmi

पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाई कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरे । एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने हाम्रा राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पुर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ । यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरु आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ ।

देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै छन् । आफ्नो खेल प्रतिको उहाँहरुको लगनशिलता र इच्छा शतिmको एनसेल हार्दिक सम्मान गर्दछ । यही विश्वासलाई अझै एक बलियो साथ प्रदान गदै एनसेलले पारा खेलाडीहरुको समग्र विकास र आवश्यक प्रशिक्षणकालागि एनपीसीसँग सहकार्य गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘‘आज हामी सबैको लागि यो एक गर्वको क्षण हो । हाम्रा पारा खेलाडीहरु हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन् । भिन्न क्षमता भएका वर्गहरुलाई सम्मान गर्दै उहाँहरुको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ । एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरुको विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौ, ’’ ।

‘‘ देशका विभिन्न कुनामा रहेका हाम्रा पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौ । पारा खेलाडीहरुको लागि भएको यो पहिलो सहयोग हो र हामी यस किसिमको पहलको लागि एनसेललाई धेरैै धन्यवाद दिन चाहान्छौ । हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरुको हौषला र प्रत्येक खेलाडीहरुमा रहेको आत्म विश्वासको उपज हो र यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरुको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौ, ’’ ओम नाथ शिवाकोटी, कोषध्यक्ष (राष्ट्रिय पारालम्पिक कमिटी) ।

‘‘ हाम्रा सपनाहरु ठुला छन् र यी सपनाहरु साकार पार्न दृढ संकल्पको हामीमा कमी छैन । हामी जस्ता खेलाडीहरुको सहयोगको लागि एनसेल एनपीसीको सहकार्यले हामीलाई अझै उत्साहित बनाएको छ र पारा एसियन गेम्सको लागि हामी तयार छौ, साङबु भोटे,’’ पारा एथलिट (१०० मिटर र ४०० मिटर एथलेटिक्स)। ‘‘ जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइ प्रति म साँच्चै विश्वास गर्दछु र यसै विश्वासकासाथ यस यात्रामा अघि बढेको छु । यस अघि हामी जस्ता भिन्न क्षमता भएका खेलाडीहरुको लागि एनपीसी मात्र थियो भने अहिले एनसेल हाम्रो इनेब्लरको रुपमा हाम्रो क्षमता विकासको लागि सहयोग गर्न आउनु भएको छ र यसले हाम्रो हौषला र संकल्प दुवै प्रगाढ भएको छ, ’’ जेनिशा कडायत (पारा पौडी खेलाडी) ।

‘‘ विभिन्न कठिनाईहरु र प्रतिकूलताबाट हामीलाई राष्ट्रिय स्तरको खेलाडी बनाउन एनपीसीको महत्वपुर्ण योगदान छ । हामी जस्ता भिन्न क्षमता भएका खेलाडीहरुको विकासका लागि एनसेल आबद्घ भएकोमा हामी अब यो यात्रामा एक्लै छैनौ भन्ने हाम्रो विश्वास छ र पारा एसियन गेम्सको लागि देशको प्रतिनिधित्व गर्न पाएकोमा हामी पारा खेलाडीहरु एकदमै खुसी छौै, ’’ हिमाल अर्याल (पारा सुटिङ खेलाडी) ।

‘‘ हामी सबै पारा खेलाडीहरुको आ–आफ्नै अनुभवहरु छन् र यस अनुभवले हाम्रो सपना प्रतिको दृढ संकल्प उजागर गर्दछ । यसै भरोसा र विश्वासलाई हातेमालो गर्दै पारा एसिएन गेम्समा इतिहास रच्ने आशाका साथ नेपालको प्रतिनिधित्व गर्दै छु ,’’ दिगम सिङ चेम्जोङ (पावर लिफ्टिङ) ।

चौथौं पारा एसियन गेम्स यही कार्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको छ र यस खेलको लागि नेपालको प्रतिनिधित्व गदै नेपालका राष्ट्रिय पारा खेलाडी आज राती हृङजाओ प्रस्थान गदै छन् । यस एसिएन गेम्सको लागि चिफ–डि–मिसनको रुपमा एनपीसिका कोषध्यक्ष ओमनाथ शिवाकोटी रहेका छन् । ‘एसियन गेम्स २०२२ एक प्रतिस्पर्धा मात्र नभई हाम्रा राष्ट्रिय पारा खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा खेल खेल्न सक्छन् भनेर प्रमाणित गर्ने एक महत्वपुर्ण प्लेटर्फम पनि हो । हाम्रा असाधारण क्षमता भएका राष्ट्रिय खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा ऐतिहासिक जितको शुभकामना व्यक्त गर्दछौ, एनसेलद्धारा जारी विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL