Logo

एनसेलका सीईओ कायुमोभले दिए राजीनामा, सेद एमडी इनामुल कबिर कार्यवाहक प्रमुख नियुक्त

एनसेलका सीईओ कायुमोभले दिए राजीनामा, सेद एमडी इनामुल कबिर कार्यवाहक प्रमुख नियुक्त



काठमाडौं । एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पदबाट राजीनामा दिएका छन्। पारिवारिक कारण देखाउँदै उनले पद त्याग गरेको कम्पनीले जानकारी दिएको छ ।

कायुमोभको राजीनापछि एनसेल सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ। कम्पनीको आधिकारिक वेबसाइटबाट कायुमोभको नाम र विवरण हटाइएको छ।

केवल पाँच महिना अघि एनसेलमा सीएफओको रूपमा नियुक्त भएका कबिर यसअघि बंगलादेशको यूसीबी फिनटेक कम्पनीमा डेपुटी सीईओ तथा सीएफओको रूपमा कार्यरत थिए। उनले टेलिनोर ग्रुपअन्तर्गत बंगलादेशको ग्रामीणफोनमा अपरेसन हेडको रूपमा काम गरेका थिए भने थाइल्यान्डको डीट्याक मोबाइल कम्पनीमा पनि उनी संलग्न थिए।

प्रतिक्रिया दिनुहोस्