Logo

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ कार्यक्रम सम्पन्न, ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रिया

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ कार्यक्रम सम्पन्न, ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रिया



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीहरु लगायत अन्य कर्मचारीहरु देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा विक्रेताहरुका पसल–पसल गएर आफ्ना ग्राहक र खुद्रा विक्रेताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।

laxmi

‘बजार जाऔं’ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप आयोजना गरिएको कार्यक्रम हो । कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

नेपाली आम उपभोक्ताको निरन्तरको साथ र सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन र उनीहरुका कुरा बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ लगायत व्यवस्थपनका उच्चपदस्थ अधिकारीहरुले आइतबार एनसेल सेन्टरहरु र खुद्रा विक्रेताका पसलहरुमा भ्रमण गरेका थिए । भ्रमणका दौरान ग्राहकहरूसँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिईएका थिए ।

“ग्राहकप्रतिको हाम्रो प्रतिबद्घताले एनसेललाई परिभाषित गर्दछ र यसले हाम्रा ग्राहकलाई बुझ्न थप मद्दत गर्दछ । ग्राहक भनेको ‘किङ अफ मार्केट’ हुन् भन्ने हामीले बुझेका छौ र त्यसैले आफ्ना ग्राहकको सुझाव सल्लाह र गुनासोहरु केही भए त्यस बारे बुझ्न र उहाँहरुको आवश्यकता के छ भनेर हामीले थाहा पाउन आवश्यक छ । त्यसैले बजार गएर ग्राहकसँग कुराकानी गर्न जरुरी छ भन्ने हाम्रो विश्वास हो,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । “बजार केन्द्रित दृष्टिकोणले मात्रै नयाँ बजारका आवश्यकताहरु बुझ्न र द्रुत रूपमा त्यस्ता आवश्यकताहरु परिपुर्ति गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ । त्यसैले हामी सबैले वार्षिकोत्सव मनाउँदै बजार केन्द्रित बन्ने अभियानमा सहभागी भयौं । बजार–केन्द्रित मानसिकता हामी सबैमा रहन आवश्यक छ । हाम्रा ग्राहकहरूसँग यसरी भेट्ने क्रमलाई हामी निरन्तरता दिने छौं ।”

बजार भ्रमणका बेलामा प्रमुख कार्यकारी अधिकृत जाब्बोर, कम्पनीका उच्चपदस्त अधिकारीहरु र अन्य सबै कर्मचारीहरुले आ–आफ्नो तोकिएका क्षेत्रहरुमा गरि देशैभरका सबै एनसेल सेन्टरहरु र ५०० भन्दा बढि खुद्रा बिक्रेताहरुका पसल.पसलमा पुगेका थिए । साथै ग्राहक, उपभोक्ताहरु र बिक्रेताहरुसँग प्रतक्ष्य अन्तरक्रिया गरि मायाको चिनो समेत वितरण गरेका थिए ।
‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत रहेका छन् ।

एनसेलको बारेमा

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL