Logo

अनलिमिटेड भ्वाइस कलसहित एनसेलको आकर्षक कम्बो प्याक, यस्ता छन् सुविधा

अनलिमिटेड भ्वाइस कलसहित एनसेलको आकर्षक कम्बो प्याक, यस्ता छन् सुविधा



काठमाडौं । एनसेलका ग्राहकहरुले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको हो ।

laxmi

अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपालीमोबाइल सेवाप्रदायक कम्पनीको नम्बरमा सुलभ दरमाकल गर्न ग्राहकले अल नेट कम्बो प्याकलिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येकदिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित रु ९९८ मालिन सक्छन् । ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स ३ ह्यास डायल गरि सजिलै यो प्याकलिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी अन नेट अर्थात एनसेलका नम्बरहरुमाकल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरुले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहितमात्र रु ७९८ लिन सक्छन् । यो प्याक एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स २ ह्यास डायल गरि लिन सकिन्छ ।

यीदुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ । अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकहरुले ग्राहकहरुलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमाअफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवालिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL