Logo

एनसेलले घटायो सबै लोकल कलको महसुल दर, नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ

एनसेलले घटायो सबै लोकल कलको महसुल दर, नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ



काठमाडौँ । एनसेलका ग्राहकहरूले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्रनेछन् ।

laxmi

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक रु १.९९ प्रतिमिनेटबाट घटाइ कर बाहेक प्रतिमिनेट रु १.६२ कायम गरेको हाे ।

प्रिपेड ग्राहकहरूका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ । यो परिमार्जित नयाँ महसुल दर शुक्रबारबाट लागू भएको हो ।

नयाँ महसुल दरको लाभ लिनका लागि ग्राहकहरूले एष्ट्रिक्स्१७१०७ह्यास डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्छन् । नयाँ महसुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउने विश्वास लिइएकाे छ । यो नयाँ महशुल दर २०७९ साउन २४ गतेसम्म लागु रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL