Logo

एनसेल र राकुटेन भाइबरबीच साझेदारी : ग्राहकलाई विशेष डाटा प्याकेज, स्टीकर्स र अन्य सुविधा

एनसेल र राकुटेन भाइबरबीच साझेदारी : ग्राहकलाई विशेष डाटा प्याकेज, स्टीकर्स र अन्य सुविधा



काठमाडौँ । एनसेल आजियाटा र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउनेछ ।

laxmi

यी प्याकहरुका साथ भाइबर म्यासेजीङ्का लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिलेदेखिकै प्रीपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेका छन् । यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजीङ्, स्टीकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरुको पहुँच सुनिश्चित भएको छ । भाइबरले प्रयोगकर्ताको डाटा गोपनियता संरक्षण गर्न सुरक्षा पनि परिस्कृत गरेको छ ।
त्यसैगरी, एनसेल ग्राहकहरुले भाइबरको स्टीकरहरुमा निःशुल्क पहुँच पाउँछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ पनि विषेश गरि एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको छ ।

डिजिटल जीवनशैली सक्षम पार्ने निरन्तर यात्राको एक प्रयासका रूपमा ग्राहकहरूलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजीङ् एपहरू मध्यको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेको र यस साझेदारीबाट उत्साहित र नेपाली उपभोक्ताहरूलाई सेवाबाट फाइदा दिन थप अवसरहरू सिर्जना गर्ने योजनामा रहेको एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले बताएका छन् । 

एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ। यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर) मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात पनि गर्नेछ ।

राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेलेले उच्च गुणस्तरका आधुनिक सेवाहरू उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजीङ् प्लेटफर्ममार्फत् मानिसहरूलाई जोड्ने भाइबर र एनसेलको लक्ष्य बीच ठूलो तालमेल रहेको बताएका छन् । यस  साझेदारीले नेपालमा आफ्नो पहुँच विस्तार गर्न र मापन गर्न मद्दत हुने पनि चेलेले विश्वास लिएका छन् । 

ग्राहकहरूले एनसेल एप, आफुलाई पायक पर्ने एनसेलको प्वाइन्ट अफ सेल्स, एनसेल सेन्टर वा एस्ट्रिक१७१२३ह्यास डायल गरेर कुनै एक डाटा प्याक सुचारु गरि यो सुबिधा लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL