Logo

एनसेलले पायो ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’, एनसेलको उत्कृष्टताको सम्मान तथा पहिचान भएको दाबी

एनसेलले पायो ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’, एनसेलको उत्कृष्टताको सम्मान तथा पहिचान भएको दाबी



कठमाडौं । दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गरेको छ । मानव संशाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले एचआर मिट २०२१ को कार्यक्रममाझ गत हप्ता एनसेललाई यो अवार्ड प्रदान गरेको हो ।

laxmi

प्राडा सुवास केसीको संयोजकत्वमा रहेको निर्णायक मण्डलले एनसेललाई यो अवार्ड लिने निर्णय गरेका थियो । ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधा अन्तर्गतको हो ।

आफुले अपनाएका मानव संशाधन नीति, अभ्यास र गरेका कार्यहरुको उत्कृष्टताको सम्मान तथा पहिचान गर्दैै यो अवार्ड आफुलाई प्रदान गरिएको एनसेलले जनाएको छ ।

मानव संशाधनमा उत्कृष्ट बन्दै उद्योग क्षेत्रभित्र र बाहिर पनि प्रभाव पार्न सफल भएको र मानव संशाधन कार्यमा उत्कृष्टताको नमुना बन्दै अरुलाई पनि पछ्याउन प्रेरित गरेकाले एनसेलले यो अवार्ड हात पार्न सफल भएको हो ।

मानव संशाधन समुदायलाई सशक्त, सबल पार्न र विश्वव्यापी प्रचलनका बारेमा जानकारी प्रदान गर्दै आपसी सञ्जाल विस्तारमा योगदान पुर्याउन ग्रोथ सेलर्सले सन् २००८ देखि एचआर मिट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL