काठमाडौं । प्रभु बैंक लिमिटेड ‘नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइ’ को सम्मानबाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोमनी एक्सीलेन्स अर्वाड २०२५ अन्तर्गत बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप तीन महिला अघिकृतहरुले संयुक्त रुपमा सम्मान ग्रहण गरेका थिए । यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्ता महत्वपूर्ण पुरस्कारहरू जितिसकेको छ । बैंकले ग्राहकमैत्री डिजिटल सेवा, सहज पहुँच र व्यवसायिक पारदर्शिताका कारण निरन्तर यस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ ।
यस उपलब्धिले प्रभु बैंकले साना तथा मझौला उद्यमीहरूलाई डिजिटल सेवामार्फत प्रदान गर्दै आएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त भएको पुष्टि गरेको छ ।