Logo

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट पंगेनी सम्मानित, युथ विजनेस लिडरसिपमा योगदान

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट पंगेनी सम्मानित, युथ विजनेस लिडरसिपमा योगदान



काठमाडौं । एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट व्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनी सम्मानित भएका छन् । सिजन मिडियाले विभिन्न व्यावसायीक क्षेत्रमा क्रियाशीलसँगै समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा पंगेनीले युथ विजनेस लिडरसिप अवार्ड हात पारेका हुन् ।

ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभामुख ईन्दिरा राना मगरलगायतका अतिथीहरुले उनलाई सम्मान गरेका हुन् । उक्त अवार्डबाट ७ बिदेशी सहित २८ जना सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्