Logo

१३ करोड ८० लाख बक्यौता नतिर्दा एनसेलको विद्युत सेवा काटियो, छिटो भुक्तानी गर्न निर्देशन

१३ करोड ८० लाख बक्यौता नतिर्दा एनसेलको विद्युत सेवा काटियो, छिटो भुक्तानी गर्न निर्देशन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एनसेल अजियाटा लिमिटेडले बक्यौता रकम नबुझाएको भन्दै विद्युत लाईन काटेको छ । प्राधिकरणलाई बुझाउनुपर्ने १३ करोड ८० लाख रुपैयाँ नबुझाएको भन्दै प्राधिकरणले लाईन काटेको हो ।

laxmi

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखराले आईतबारदेखि तिर्नुपर्ने बक्यौता रकम नतिरेको भन्दै कारबाहीस्वरुप विद्यृत लाईन काटेको हो ।

प्राधिकरणको प्रादेशिक कार्यालयले यसअघि भदौ १६ गते प्रथम पत्रमार्फत कम्पनीले १३ करोड ८० लाख १७ हजार ७ सय ४५ रुपैयाँ बुझाउन निर्देशन दिएको थियो । तर हालसम्म पनि उक्त रकम भुक्तानी नभएपछि प्राधिकरणले कम्पनीको विद्युत लाईन नै काटिदिएको जानकारी दिएको छ ।

यस्तै प्राधिकरणले कम्पनीले तिर्नुपर्ने उक्त रकम अविलम्ब भुक्तानी गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL