Logo

एनसेलको प्रमुख लगानीकर्ता आजियटाको नेपाल छोडने निर्णय, सबै सेयर स्वामित्व विक्रि गर्ने घोषणा

एनसेलको प्रमुख लगानीकर्ता आजियटाको नेपाल छोडने निर्णय, सबै सेयर स्वामित्व विक्रि गर्ने घोषणा



काठमाडौं । नेपालमा प्रमुख दूरसञ्चार सेवा प्रदायकका रुपमा रहेको निजी क्षेत्रको सेवाप्रदायक एनसेलबाट प्रमुख लगानीकर्ता बाहिरिने भएको छ । एनसेलको प्रमुख लगानीकर्ता मलेसियन दूरसञ्चार कम्पनी आजियटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको हो । एनसेलमा मलेसियाको आजियटाको ८० प्रतिशत सेयर स्वामित्व छ। उसले पुरै स्वामित्व बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो। आजियटाको संचालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।

laxmi

एनसेलका कारणले गर्दा नोक्सानी थपिँदै गएको भन्दै एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय बोर्डले गरेको छ। आजियटाले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र यसले गर्दा आजियटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ।

एजियटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराईसकेको बताएको छ । नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजियटाले नियामकलाई भनेको छ । सोही निर्णयअनुसार एनसेललाई बिक्रीमा राखेको कम्पनीले उल्लेख गरेको छ ।

नेपालबाट बाहिरिने निर्णयले आजियटालाई थप मजबुत बनाउने र दीर्घकालिन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। आठ वर्ष अगाडि आजियटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो । कम्पनी विभिन्न समयमा कर विवादमा पर्दै आएको छ ।

आजियटाका समूह प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक विवेक सुदले भनेका छन्–‘नेपालको दृष्टिकोण बढ्दो चुनौतीपूर्ण छ, त्यसैले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको छ र तदनुसार एनसेललाई बिक्रीको लागि राखिएको सम्पत्तिको रूपमा पुनस् वर्गीकरण गरेको छ। हामी विश्वास गर्छौं कि यो कदीले आजियटालाई हाम्रा रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउनेछ र यो हाम्रा सबै शेयरधनीरूको दीर्घकालीन हितमा छ।

प्रतिक्रिया दिनुहोस्
MBL