Logo

प्रयोगकर्ता घटेपनि घटेन फेसबुकको आम्दानी, १ करोड छन् फेसबुकका एक्टीभ एडभर्टाईजर

प्रयोगकर्ता घटेपनि घटेन फेसबुकको आम्दानी, १ करोड छन् फेसबुकका एक्टीभ एडभर्टाईजर



काठमाडौं । अमेरिका तथा क्यानडामा दैनिक फेसबुक प्रयोगकर्ताको संख्यामा गिरावट आएको छ । फेसबुकले सार्वजनिक गरेको तेस्रो त्रैमाशिक प्रतिवेदनका अनुसार अघिल्लो त्रैमासमा १९ करोड ८० लाख दैनिक प्रयोगकर्ता रहेकोमा हाल घटेर १९ करोड ६० लाखमा पुगेको हो । फेसबुकका अनुसार क्यानडा र अमेरिकामा कोरोना महामारीका कारण दोस्रो त्रैमासमा भने दैनिक प्रयोगकर्ताको संख्या बढेको थियो । यस्तै यो बर्षको चौथो त्रैमासमा पनि उक्त क्षेत्रमा दैनिक प्रयोगकर्ताको संख्यामा गिरावट आउन सक्ने बताएको छ ।

laxmi

यस्तै युरोपका देशहरुमा भने अघिल्लो त्रैमासको जस्तै दैनिक फेसबुक प्रयोगकर्ताको संख्या समान छ । युरापका देशहरुमा भने दैनिक फेसबुक प्रयोगकर्ताको संख्या ३० करोड ५० लाख रहेको छ ।
फेसबुकका अनुसार एप्समार्फत फेसबुक चलाउनेको संख्या भने मासिक ३ अर्ब २१ करोड रहेको छ ।

प्रयोगकर्तामा केही कमी आएपनि फेसबुकले आर्जन गर्ने राजस्वमा भने त्यती असर नपरेको तथ्यांकले देखाएको छ । फेसबुकका अनुसार गत बर्षको तुलनामा यो बर्षको तेस्रो त्रैमासमा फेसबुकको विज्ञापनमार्फत आर्जन हुने राजस्व २२ प्रतिशतले बढेको छ ।

कम्पनीका सीईओ मार्क जुकरबर्गकका अनुसार हाल कम्पनीका १ करोड एक्टीभ एडभर्टाईजर रहेका छन् । तर जुलाई महिनामा भने उक्त संख्या घटेर ९९ लाख लाखमा पुगेको थियो । कम्पनीले गलत सूचना प्रवाह गरेको भन्दै विभिन्न १ हजार एडभर्टाईजरलाई बाईकट गरेको थियो । अब आउने सिजन होलीडे सिजन भएकाले कम्पनीले चौथो त्रैमासमा कम्पनीको राजस्व अझै बढ्ने अनुमान गरेको छ ।

यस्तै कम्पनीले अन्य शिर्षकमा आर्जन गर्ने राजस्वमा भने ७ प्रतिशतको गिरावट आएको छ । तर यो शिर्षकमा चौथो त्रैमासमा भने राजस्व आम्दानी हुने अनुमान गरिएको छ । कम्पनीले तेस्रो त्रैमासमा २४ करोड ९० लाख बढी राजस्व आम्दानी गरेको छ ।

यस्तै एप्पलले आफ्नो आईओएस सेवालाई परिवर्तन गरी आईओएस १४ मा पुगाउने बताएपछि फेसबुकमा अझ अप्ठ्यारो परिस्थिती आउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL