भायानेटको इन्टरनेट सेवा अब इनरुवामा पनि, देशभर बिस्तारको अभियान जारी


बिजखबर संवाददाता
16 September, 2020 9:43 am

काठमाडौं । व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको सेवा प्रदान गर्दै आएको भायानेटले इनरुवामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । कम्पनीले आफ्नो अप्टीक्स इन्टरनेट र आईपीटीभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै उक्त कदम चालेको हो ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj

इनरुवामा सेवाहरु उपलब्ध गराउन लागि कम्पनीले दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको छ । कम्पनीका अनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् । भायानेटले नेपालको पहिलो एफटीटीएच सेवा सन् २०११ मा लन्च गरेको थियो ।

कम्पनीसँग आफ्नै आईपीटीभी सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एचडी र एसडी च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ । यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Ad

creta_hyundai