Logo

सिभिल बैंक र एफवन सफ्टबीच सम्झौता, ग्राहकहरुले मोबाइल एपमार्फत नै विभिन्न सुविधा पाउने

सिभिल बैंक र एफवन सफ्टबीच सम्झौता, ग्राहकहरुले मोबाइल एपमार्फत नै विभिन्न सुविधा पाउने



काठमाडौं । सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ प्रभावकारी बनाउन सम्झौता भएको बताइएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवनका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् ।

बैंकले मोबाइल बैकिङ्ग सुविधालाई अझ सवल र सुदृढ बनाई ग्राहकहरुको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो ।

अब गरिने स्तरोन्नती पश्चात बैंकका ग्राहकहरुले मोबाइल एपमार्फत नै बैंक खाता खोल्न,पैसा पठाउन, पैसा जम्मा गर्न, बैंक लोनजस्ता सेवाहरु लिन सक्छन् । बैंकले करिब सात लाख ग्राहकलाई ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL